
काठमाडौं, १२ भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा सांसद एकनाथ ढकालले छोराको न्यायका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेका गंगामाया अधिकारीलाई भेट्न अस्पताल कहिले जानुहुन्छ र गंगामायाको माग कहिले र कसरी सम्बोधन गर्नुहुन्छ भन्दै सोधेको प्रश्नको जवाफ दिदै गंगामायाले प्रचलित कानुनअनुसार न्याय पाउने बताए ।
उनले शान्ति प्रक्रियाको बाँकी रहेका काम पूरा गर्न आयोग बनाइएको र यससम्बन्धी विधेयक सदनमा रहेको बताएका छन् । उनको त्यो विधेयक पारित भए समस्या समाधान हुने उनको भनाइ छ ।
“संघीय सदनमा दर्ता भएको विधेयक पारित भएसँगै मुद्दा सम्बोधन हुन्छ । प्रचलित कानुनको अधीनमा रहेको नेपाल सरकार र यसका संयन्त्रले गंगामाया अधिकारीलाई मानवीय सेवा र संरक्षण प्रदान गरिरहेको छ । अस्पतालको विवरणानुसार निजको स्वास्थ्य अवस्था सामान्य छ,” उनले भने, “उहाँको उपचारका लागि ३७ लाख ४७ हजार उपलब्ध गराएको जानकारी गराउँछु ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे