
काठमाडौँ , भदौ १२ | बञ्चरेडाँडाका बासिन्दा र काठमाडौँ महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको स्थानीयले फोहरमैला लैजान बन्द गर्ने र शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने निर्णय गरेका हुन् ।
बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले जनताको जीवन रक्षाको लागि मानवरहित ल्यान्डफिल साइट र फोहरमैला व्यवस्थापन दीर्घकालीन योजना नअपनाएमा असोज १ गतेदेखि सधैँका लागि बन्द गर्ने गरी शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने जानकारी गराएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्ले प्रभावित क्षेत्रका सम्बन्धमा पटक पटक निर्णय हुँदा पनि कार्यान्वयन हुन सकेको छैन । जबरजस्ती फोहोर ढुवानी गर्न खोजिएमा ठूलो विपदको सामना गर्नुपर्ने भन्दै उनीहरूले यसपटक वार कि पारको आन्दोलन गर्ने चेतावनी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे