
काठमाडौं, ४ भाद्र ।शैक्षिक मेलाले बाहिर पढ्न चाहने विद्यार्थीहरूलाई विश्व-स्तरीय शैक्षिक अवसरहरूसँग जोड्न ध्यान आकर्षित गरेको थियो ।
यस मेलाले विद्यार्थीहरूलाई विश्वभरका अग्रणी संस्थाहरूद्वारा प्रस्तावित शैक्षिक मार्गहरूको विस्तृत श्रृंखला अन्वेषण गर्ने अमूल्य अवसर प्रदान गरेको थियो ।
इक्यान (नेपाल शिक्षा परामर्श संघ) का अध्यक्ष तथा अर्बिट इन्टरनेशनल एजुकेशनका निर्देशक श्री शेषराज भट्टराईले उद्घाटन गरेका कार्यक्रम भव्यताका साथ सुरु गरिएको थियो ।
कार्यक्रमको उद्घाटनमा अर्बिटका निर्देशक प्रकाश पाण्डे र थिरलाल भट्टले विश्वविद्यालयका प्रतिनिधिहरुको न्यानो स्वागत समेत गरेका थिए ।
शैक्षिक मेलाले १२०० भन्दा बढी विद्यार्थीलाई प्रशस्त जानकारीहरू प्रदान गरिएको थियो ।
सहभागीहरूले संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र आयरल्याण्डका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने मौका पाएका थिए, कार्यक्रम, छात्रवृत्ति र उपलब्ध अवसरहरूमा बढी केन्द्रित भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे