
काठमाडौँ , २९ बैशाख । गण्डकी प्रदेशमा नवनियुक्त थप चारजना मन्त्रीले शपथ लिएका छन् ।आज शुक्रबार कांग्रेसबाट बागलुङका दीपेन्द्रबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जीसी र तनहुँका जीतप्रकाश आले र माओवादीबाट रेशम जुग्जालीले शपथ लिएका छन् ।
उनीहरूलाई प्रदेश प्रमुख निवासमा पृथ्वीमान गुरुङले सपथ खुवाएका हुन् ।मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले वैशाख १५ गते कांग्रेसकी सरस्वती अर्यात तिवारी र माओवादीकी सुशीला सिंखडालाई मन्त्री नियुक्त गरेका थिए ।
गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादीका एक मात्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाउने सूचीबाट हटाइएको छ ।गुरुङलाई हटाएर उनको ठाउँमा तनहुँका जितप्रकाश आले मन्त्री बन्ने बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे