
काठमाडौँ ,१७ वैशाख |राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ ।सोमबार दिउँसो तीन बजे बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने विषयमा छलफल हुने पार्टी उपसभापति डोलप्रसाल अर्यालले जानकारी दिए ।
केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकबारे रास्वपाले शनिबार जुम मिटिङ गरी जानकारी दिएको थियो ।
पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट गत शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक बस्न लागेकाे हाे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे