
काठमाडौँ, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सामेल हुने भएको छ। सभापति रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग २० जना सांसद रहेका छन् ।
आईतबार राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा सर्मथन गरेको थियो ।
रास्वपा सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए । सरकारमा सहभागी हुने टुंगो लागेपनि कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव डाक्टर मुकुल ढकालले बताए ।
रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठुलो दल हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे