
काठमाडौँ , ११ पुस | नवनियुक्त प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । आज बिहान पेरिस डाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।
श्रेष्ठ राष्ट्रिय सभा सदस्य हुन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ लिने छन् भने आजै सानो मन्त्रिमण्डल विस्तार पनि हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे