
काठमाडौँ, १० पुस । राष्ट्रपति समक्ष प्रधानमन्त्रीको लागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दाबी पेश गरेका छन् ।दाबी पेश सहित अध्यक्ष प्रचण्ड मुलकको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन्। सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गर्ने बालकोट पुगेका थिए।
सरकार निर्माणमा दाबी गर्न उनीसँगै नेकपा एमालेका नेताहरु पनि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरूको पत्र राष्ट्रपति कार्यालयले दर्ता भएको जनाएको छ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमाले, माआवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका गरेर एक सय ६६ जना सांसदको समर्थन रहेको छ। प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको एमालेले राष्ट्रपति र सभामुख पाउने भएको छ ।
नेकपा एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २०, राप्रपासँग १४, जनता समाजवादी पार्टी जसपासँग १२, जतमत पार्टीसँग छ र नागरिक उन्मुक्ति पार्टीसँग चार जना सांसद रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे