
काठमाडौँ , ९ पुस | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच माधव नेपालको निवास कोटेश्वर भेटवार्ता भएको छ ।
हिजो शुक्रबार टिचिङ अस्पतालबाट डिस्चार्ज भएका नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन्। यँहि बिच दाहाल र नेपालबिच सरकार गठनबारे छलफल गरेको स्रोतले जनाएको छ ।
प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलि (आइतबार) सकिँदै छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे