
काठमाडौँ , ७ पुस | मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा निर्वाचित सांसदहरूले आज शपथग्रहण लिदैछन। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदहरूलाई पद तथा गोपनीयताको सपथ गराउने छन् ।
प्रत्यक्ष तर्फ १६५ र समानुपातिक तर्फ ११० गरी कुल २७५ सांसदले शपथ लिदैछ। शपथ ग्रहण गर्ने प्रत्यक्षतर्फका १६५ र समानुपातिकका १०९ गरी २७४ प्रतिनिधिसभा सांसदमध्ये २६ जनाले आ-आफ्नै मातृ भाषामा शपथ लिनेछन् । आज हुने शपथग्रहण समारोहका लागि उनीहरूले यसअघि नै आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गराएका थिए ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । मातृभाषामा शपथ लिन चाहनेमा माओवादीका ७, राष्ट्रिय स्वतन्त्र पार्टीका ५, जनमत पार्टीका ४, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ३–३, स्वतन्त्र २ र कांग्रेस तथा एमालेका एक–एक सांसद छन् ।
सराज अहमद फारुकी – उर्दु भाषा , हितबहादुर तामाङ – तामाङ भाषा , प्रदीप यादव – भोजपुरी भाषा , रुपा सोसी चौधरी – थारु भाषा , दुर्गा राई – कोइ/कोयू भाषा , रामसहाय प्रसाद यादव – भोजपुरी भाषा , रन्जु कुमारी झा – मैथली भाषा , कान्तिका सेजुवाल – नेपाली खस भाषा , अरुण कुमार चौधरी – थारु भाषा , गंगाराम चौधरी डगौरा – थारु भाषा , लालवीर चौधरी – थारु भाषा विनिता कुमारी सिंह – मधेसी भाषा , चन्द्रकान्त राउत – मधेसी भाषा , अनिता देवी – मधेसी भाषा , सोनु मुर्मु – सन्याली भाषा , सुमना श्रेष्ठ – नेपाल भाषा , मनिष झा – मैथली भाषा ,लक्ष्मी तिवारी – अवधि भाषा , अशोक कुमार चौधरी – थारु भाषा , मिना तामाङ – तामाङ भाषा , असिम साह – नेपाली/मुस्लिम भाषा , सूर्यमान तामाङ दोङ – तामाङ भाषा , महिन्द्रराय यादव – हिन्दी भाषा , उमरादेवी यादव – भोजपुरी भाषा , किरण कुमार साह – संस्कृत भाषा
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे