
काठमाडौँ ,२ मंसिर| राजधानीमा एकदिने विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । ग्लेशियर इन्टरनेशनल कलेजले एजुकेसन एक्सिलेन्स एक्जिबेशन २०२२ नाम दिईएको सो कार्यक्रम राजधानीको तिनकुने स्थित रोयल थाई इभेन्टमा आयोजना गरिएको थियो । प्रदर्शनीमा १० विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
काठमाडौं ग्लोबल कलेजले प्रथम पुरस्कार २१ हजार नगदसहित ट्रफी जित्यो भने दोस्रो स्थानमा आकाशदीप स्कुलले ११ हजार र तेस्रो स्थानमा रहेको क्यास्पियन भ्याली कलेजले ५ हजार १ सय रुपैयाँ हात पारेको थियो ।
ह्वाइट हाउस कलेजलाई विशेष पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रम हल्ट इन्टरनेशनल बिजनेस स्कूल, एलायन्स विश्वविद्यालय, किम्स र आर वाई विश्वविद्यालयको सहकार्यमा आयोजना गरिएको थियो।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे