
काठमाडौं, २५ कात्तिक । काठमाडौं महानगरपालिकाले खुला रुपमा आगो बाल्न रोक लगाएको छ ।महानगरले शुक्रबार एक सूचना निकाल्दै महानगरपालिकाभित्र खुला रुपमा आगो बाल्न निषेध गरेको जानकारी दिएको हो ।खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ ।
आगो बालेमा तथा फोहर जलाएमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे