२०८० मंसिर १७, आईतबार
काठमाडौँ , ११ जेठ | रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ घाइते भएका छन् । सानीभेरी गाउँपालिकाको वडा नम्बर ५ मेल चौरबाट दुलीहुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु १ज१७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोही वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोराको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर उपचारको पठाइएको छ । स्थानियका अनुसार गाडि सडकबाट करिब ४ सय मिटर तल खसेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे