२०८० आश्विन १७, बुधबार
काठमाडौँ, ७ जेठ । साताको पहिलो दिन शेयर बजार बढेको छ । आज आइतबार शेयर बजार परिसूचक नेप्से ५दशमलव ८८ अङ्कले बढेर १ हजार ८८३ दशमलव २० विन्दुमा पुगेको छ ।
बजारसँगै कारोबार रकम पनि बढेको यसदिन २७३ वटा कम्पनीको ४८ लाख २८ हजार कित्ता शेयर १ अर्ब ६० करोड ४ लाख रुपैयाँमा कारोबार भएको छ ।
होटल र बीमा समूहको शेयर उच्च अङ्कले बढेको बढ्दा विकास बैंक, फाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर सामान्य घटे पनि आज अरू सबै समूहको शेयर बढेको छ ।
यसदिन सबैभन्दा धेरै शिवम् सिमेन्टको ६ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै राष्ट्रिय बीमा संस्थान र आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज आदर्श लघुवित्तको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे