२०८१ श्रावण १२, शनिबार
काठमाडौँ २८ चैत । राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएका छन् । कांग्रेसबाट विष्णुदेवी पुडासैनीले १६ मत पाएकी थिइन भने घिमिरेले ३९ मत पाएकी थिइन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै उनी राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् । यसअघि नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले १५ चैतमा राजीनामा दिएपछि सो पद रिक्त थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे