
।काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसइई २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ६४.६८ प्रतिशत अर्थात् ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्। बोर्डका अनुसार पूरक परीक्षाका लागि एक लाख ४६ हजार ५०७ जनाले आवेदन दिएका थिए। तीमध्ये एक लाख २९ हजार ११४ जना मात्रै परीक्षामा सहभागी भएका थिए।
विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, एसएमएस, युएसएसडी तथा आइभीआर सेवामार्फत आफ्नो नतिजा हेर्न सक्छन्। सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरेर ग्रेडसिट पनि डाउनलोड गर्न सकिन्छ। नतिजामा चित्त नबुझेमा असार २५ देखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग, उत्तरपुस्तिका अवलोकन वा पुनः परीक्षणका लागि आवेदन दिन सकिने बोर्डले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे