२०८० मंसिर १७, आईतबार
काठमाडौँ, २३ जेठ । काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूची सार्वजनिक गरेको छ ।
आज एक सूचना जारी गर्दै महानगरले नियमअनुसार १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने ३ सय ४२ स्कुलको नाम सार्वजनिक गरेको हो ।
महानगरले गत जेठ १० गते १० प्रतिशत छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न परिपत्र गरेको थियो ।
सो परिपत्र अनुसार विवरण पेश नगर्ने उक्त स्कुलहरुको नामावली सार्वजनिक गरेको महनगरले जनाएको छ ।
विद्यालयहरुलाई जेठ २८ गतेभित्र विवरण पठाउन अन्तिम मिति तोकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे