
काठमाडौँ । लुम्बिनी प्रदेश सभामा आजदेखि आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सैद्धान्तिक छलफल सुरु हुँदैछ। प्रदेश सभाको दशौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। त्यसपछि प्रदेशसभा सदस्यहरूले बजेटका विभिन्न पक्षबारे आफ्नो धारणा राख्नेछन्। छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूको जवाफ मन्त्री कार्कीले दिनेछन्।
साथै, प्रदेश सरकारको आगामी आर्थिक वर्षका सेवा तथा विकास कार्यक्रम सञ्चालन गर्न प्रदेश सञ्चित कोषबाट खर्च र बजेट विनियोजन गर्ने सम्बन्धी विधेयक पनि बैठकमा पेश गरिनेछ। प्रदेशसभा सचिवालयले आजको बैठकको कार्यसूची सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे