• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष १४, सोमबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काठमाडौँको बुद्धनगरमा प्रहरी सहायक हवल्दार मृत फेला

३ मिनेट अघि
२

रास्वपाको प्राइमरी निर्वाचन सकियो, परिणाम आयोग पठाइने

२३ मिनेट अघि
३

सहसचिव लक्षित कार्यक्रममा सुरक्षित र सम्मानजनक कार्यस्थलको बहस चन्द्रागिरी हिल्समा सम्पन्न

४९ मिनेट अघि
४

उज्बेकिस्तानको विश्वविद्यालयमा नेपाली डिन किशन भण्डारी,दुई नेपाली विद्यार्थीका लागि सुरु गरे छात्रवृत्ति

१ घण्टा अघि
५

मेक्सिकोको ओक्साकामा रेल दुर्घटना: १३ जनाको मृत्यु, ९८ घाइते

२ घण्टा अघि
६

देशलाई विभाजन होइन, एकता चाहिन्छ : सुदन गुरुङ

२ घण्टा अघि
७

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने आज अन्तिम दिन

२ घण्टा अघि
८

आज पूर्वगृहमन्त्री लेखकले जाँचबुझ आयोगमा बयान दिने

४ घण्टा अघि
९

उपसभामुख इन्दिरा रानाले छाडिन् सरकारी निवास

१६ घण्टा अघि
१०

“न आफुले गरेको काम वा योगदान प्रस्तुत गर्न पर्ने, न देश बनाउने कार्ययोजना पेस गर्न पर्ने”: नबिल बैक कार्यकारी मनोज ज्ञवाली

२३ घण्टा अघि
११

क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ

२३ घण्टा अघि
१२

समानुपातिक उम्मेदवार सूची पेस गर्ने प्रक्रिया सुरु

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ हफ्ता अघि
७

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ भाद्र २६, आईतबार (३ साल अघि)

यसरी सम्पन्न भयो जिब्रो छेड्ने जात्रा

  • 1,414 Views
  • भक्तपुर ,२६ भदौ । मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो छेड्नुभएको थियो । दश इन्च लामो सुइरोले जिब्रो छेडेर उहाँले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गर्नुभएको थियो । योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ गए राति सम्पन्न गरिएको हो । मन्दिरमा जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिनुभएको थियो । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ ।

    परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नै नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरो राखिएको थियो ।

    स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठद्वारा आठ दिन अगाडि बालकुमारी मन्दिरमा ११ किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउँदै रातोभालेको बलि दिएर बालकुमारीको साधना गरी द्यः दुसालेगु अर्थात् देवता भित्र्याएपछि जात्रा प्रक्रिया विधिवतरूपमा सुरु भएको थियो ।

    जात्राको एक दिनअघि ‘छोइलभु’ गरी बालकुमारीमा रातो भालेको बलि जूजा गरेर भोज खुवाइएको थियो भने येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं (जामा) लगाएर बिहानै बालकुमारीमा पूजा गरिएको थियो । जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्ने र कसैसँग बोल्न नहुुने परम्परा छ । बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप (भ्ये) बनाइन्छ । बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ ।

    संस्कृतकर्मी श्रेष्ठले इन्द्र जात्राको दिन हनुमान ढोकाबाट नाइके (नायः पमा) श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात् जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्याएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हनुमान ढोकाबाट ल्याउने राज खड्गलाई जुजुको छिँ अर्थात् राजाको उपस्थिति मानेर त्यसलाई डबलीमा राखेर जिब्रो छेड्ने गरिन्छ । यो परम्परालाई स्वयं राजा वा राष्ट्र प्रमुखको उपस्थितिमा मानिने परम्परा जात्रा सञ्चालनका क्रममा अहिले पनि रहेको छ ।”

    शनिबार राति राज गणेश, दिगु गणेश, गाचां गणेशलाई ल्याएर द्यों ब्यकेगु गरि देवतालाई साक्षी राखेर जिब्रो छेडिएको संस्कृतकर्मी श्रेष्ठले बताउनुभयो । जिब्रो छेड्ने व्यतिmमा दैवी शक्ति प्राप्त हुने जनविश्वासका साथ साँझ बालकुमारीबाट दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिई, दिगुभैरव मन्दिरमा गुरु ९जामनः थरका व्यक्ति०को उपस्थितिमा भैरवको पूजा सम्पन्न भएपछि जिब्रो छेड्नेलाई दुई जनाले समाइ भैरव सामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पु¥याइएको थियो ।

    डबलीमा नकर्मीले बनाएको सुइरोबाट जामनःगुरु, नायः पमा, नकर्मीलगायतको उपस्थितिमा डबलीमा कमीनायोले जिब्रो छेडाउने र त्यसपछि स्थानीय व्यक्तिले ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै जिब्रो छेड्ने व्यक्तिसँग भ्यं (महादिप) बोकेर उहाँको इच्छाअनुसार नगरका विभिन्न टोलको परिक्रमा गराएको थियो । धरै वर्ष अगाडि यसरी जिब्रो छेड्ने व्यक्तिले मध्यपुरथिमिबाट चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गरेको भनाइ रहेको स्थानीय बताउँछन् ।

    आज बालकुमारी मन्दिरमा द्यः लित तवनेगु अर्थात् विसर्जन पूजा गरिन्छ । आजका दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु ९सुइरो० लाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ । यो परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख छैन । मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा तीन सय ५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ । त्यहाँको सूइरो हेर्दा अहिलेसम्म १७–१८ जनाले जिब्रो छेडाएको हुनुपर्ने स्थानीय बताउँछन् ।

    शनिवार राति ९ बजे श्रेष्ठ दोस्रोपटक जिब्रो छेड्नुभएको हो । उहाँले यसअघि विसं २०७४ मा जिब्रो छेडाउनुभएको थियो । धेरै वर्षसम्म आर्थिक अभावका कारण पटक–पटक रोकिदै आएको यस जात्रा विसं २०५३, २०५९ र २०६३ मा पनि सञ्चालन भएको थियो । त्यसपछि रोकिएको जात्रा विसं २०७४ मा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्दै जात्रा पुनः सञ्चालनमा ल्याएको थियो । विसं २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर फेरि रोकिएको यो जात्रा यस वर्ष पुनः वीरेन्द्रभक्तले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको हो ।

    जात्राको किंवदन्तीअनुसार थिमिमा पहिले भूत, प्रेत, पिसाचले दुःख दिन्थ्यो । त्यही भूतप्रेत भगाउन तान्त्रिक व्यक्तिले बालकुमारीको साधना गरी आफ्नो साहस देखाउन जिब्रो छेडेर भूतप्रेतलाई नै तर्साएपछि उनीहरू भागे र पछि आएनन् । त्यसैले स्थानीयलाई दुःख दिने भूतप्रेत भगाउन मध्यपुरथिमिका श्रेष्ठ थरका साहसी व्यक्तिले हरेक वर्ष जिब्रो छेड्ने परम्परा चलाएको स्थानीय बताउँछन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    काठमाडौँको बुद्धनगरमा प्रहरी सहायक हवल्दार मृत फेला
    ३ मिनेट अघि

  • २

    रास्वपाको प्राइमरी निर्वाचन सकियो, परिणाम आयोग पठाइने
    २३ मिनेट अघि

  • ३

    सहसचिव लक्षित कार्यक्रममा सुरक्षित र सम्मानजनक कार्यस्थलको बहस चन्द्रागिरी हिल्समा सम्पन्न
    ४९ मिनेट अघि

  • ४

    उज्बेकिस्तानको विश्वविद्यालयमा नेपाली डिन किशन भण्डारी,दुई नेपाली विद्यार्थीका लागि सुरु गरे छात्रवृत्ति
    १ घण्टा अघि

  • ५

    मेक्सिकोको ओक्साकामा रेल दुर्घटना: १३ जनाको मृत्यु, ९८ घाइते
    २ घण्टा अघि

  • ६

    देशलाई विभाजन होइन, एकता चाहिन्छ : सुदन गुरुङ
    २ घण्टा अघि

  • ७

    समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने आज अन्तिम दिन
    २ घण्टा अघि

  • ८

    आज पूर्वगृहमन्त्री लेखकले जाँचबुझ आयोगमा बयान दिने
    ४ घण्टा अघि

  • ९

    उपसभामुख इन्दिरा रानाले छाडिन् सरकारी निवास
    १६ घण्टा अघि

  • १०

    “न आफुले गरेको काम वा योगदान प्रस्तुत गर्न पर्ने, न देश बनाउने कार्ययोजना पेस गर्न पर्ने”: नबिल बैक कार्यकारी मनोज ज्ञवाली
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थामा समयानुकूल सुधारको सुझाव

    नेपाल नक्सा
    २

    सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना

    नेपाल नक्सा
    ३

    जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन ,सञ्चारमन्त्री फ्री वाइफाइ भन्दै गफ चुट्छन्:ज्ञानेन्द्र शाही

    नेपाल नक्सा
    ४

    रवि लामिछानेसँग कुरा नमिलेपछि आफ्नै नेतृत्वमा दल गठनको तयारीमा बालेन

    नेपाल नक्सा
    ५

    नेपालमा कार्यकाल समाप्त गर्दै चीनका राजदूतद्वारा सामाजिक सञ्जालमा विदाई सन्देश: पूर्वराष्ट्रपति भण्डारी र राष्ट्रपति पौडेलसँगको तस्वीर गरे साझा

    नेपाल नक्सा
    ६

    राष्ट्रपति पौडेलले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution