
काठमाडौँ, १९ बैशाख । काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो ।
आयोग स्रोतका अनुसार स्थापितलाई तीनदिन भित्र जवाफ दिन भनिएको छ । ‘तपाईले प्रश्नकर्ता महिलालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भनेर भनेको हो कि होइन ? उक्त भनाइ आचारसंहिता विपरीत भयो कि भएन ? यदि भनेको हो भने किन भनिएको हो ?’ यसै विषयमा आयोगले २४ घण्टे स्पष्टीकरण मागेको हो ।
काठमाडौं महानगरको पूर्व मेयरसमेत रहेका स्थापितलाई विगतमा पनि महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्दै आएको थियो । उक्त विषयमै सोधिएको प्रश्नमा उनी बैशाख १५ गतेको सार्वजनिक कार्यक्रममा एक महिलामाथि खनिएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे