
सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।यसअघि गृहमन्त्री बालकृष्ण खाँणले वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई आईजीपी नियुक्त गर्नुपर्ने अडानमा थिए । तर, अन्तिममा प्रधानमन्त्री शेरबहादुर देउवाकै अडानमा सिंह आईजीपीमा नियुक्त भएको बताइएको छ । सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत थिए । सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री अवकाशमा गएपछि बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गरेको हो ।हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण आइतबारबाट अवकाश पाउँदैछन् । आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे