
यही जेठदेखि सरकारले दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने भएको छ ।सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। परीक्षणको रूपमा लागू हुने गरी शनिवार र आईतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्म बढाइएको छ । सरकारले कार्यालय समय एक घण्टा बढाएको छ ।विदेशी मुद्रा सञ्चिती घट्दो र शोधान्तर घाटा बढ्दो स्थिति गएको भन्दै सरकारले सार्वजनिक विदाको समय बढाएको हो ।
मन्त्रिपरिषद बैठकले कम आवश्यक, बिलासीजन्य १० वस्तु आयातमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे