
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष विसं २०७९ को शुभकामना दिएका छन्।नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने कामना पनि गर्दछु,’ प्रचण्डले सन्देशमा भनेका छन्।अध्यक्ष दाहालले नयाँ वर्षले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादको यात्रामा अग्रसर हुन नयाँ वर्षले प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन् । उनले नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकताको भावना विकास गराउने विश्वास पनि व्यक्त गरे ।
देश लोकतन्त्र र संविधानका विरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक,लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको छ । लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको यस गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गरी गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउन पनि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपील गर्दछु प्रचण्डले नयाँ वर्ष विसं २०७९ को शुभकामना भनेका छन्र।
अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सहित उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे