
संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीद्वारा गोली प्रहार भई उपचारको क्रममा मृत्यु भएका सिपाही अनिल गुरुङको शव नेपाल ल्याइएको छ । अपरेसन ‘बाली’का क्रममा विद्रोहीले अज्ञात स्थानबाट आक्रमण गर्दा उनी घाइते भएका थिए ।उपचाको क्रममा उनको मृत्यु भएको थियो । उनलाई नेपाली सेनाले अन्तिम सम्मान अर्पण गरेको छ ।नेपाली सेनाले बुधबार छाउनीस्थित वीरेन्द्र अस्पतालमा गुरुङलाई श्रदाञ्जली व्यक्त गर्दै अन्तिम सम्मान अर्पण गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसंघका नेपालका लागि आवासीय प्रतिनिधि रिचर्ड हवार्डले गुरुङको पार्थिव शरीरमा संयुक्त राष्ट्रसंघको झण्डा ओढाएर श्रदाञ्जली दिएका थिए ।छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा आयोजित उक्त श्रद्धाञ्जली तथा अन्तिम सम्मान अपर्ण कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले सम्मान स्वरुप शान्ति सैनिकको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली स्वरुप फूलमाला अर्पण गरेका थिए ।रक्षा सचिव किरणराज शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उक्त श्रद्धाञ्जली तथा अन्तिम सम्मान कार्यक्रम पश्चात स्वर्गीय प्युठ अनिल गुरुङ्गको पार्थिव शरीरलाई आजै नेपाली सेनाको हेलिकप्टरद्वारा गृहजिल्ला सुर्खेत लगी परिवारजनलाई हस्तान्तरण गरि नेपाली सेनाको स्थान विशेषमा तैनाथ युनिटबाट अन्तिम सलामी प्रदान गरिने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे