
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। आजको बैठकमा सरकारका वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र विभिन्न नयाँ विधेयकमाथि छलफल अघि बढाउने कार्यसूची रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन सदनमा पेस गर्नेछिन्।
साथै, राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस गर्न अनुमति माग्ने र नेपाल विशेष सेवा ऐनसँग सम्बन्धित विधेयकमाथि छलफल सुरु गर्ने प्रस्ताव पनि राख्नेछिन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयकलाई समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले पर्यटन विधेयक, २०८२ लाई पनि थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्नेछन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे