
एजेन्सी । फिफा विश्वकप २०२६ अब निकै रोमाञ्चक चरणमा पुगेको छ। नकआउट चरणका खेल सकिएसँगै प्रतियोगिताको क्वार्टरफाइनल खेल्ने आठ टोलीको टुंगो लागेको छ। यस चरणमा मोरोक्को, फ्रान्स, नर्वे, इङ्गल्याण्ड, स्पेन, बेल्जियम, अर्जेन्टिना र स्विट्जरल्याण्डले स्थान बनाएका छन्। अब यी टोलीबीच सेमिफाइनल पुग्न कडा प्रतिस्पर्धा हुनेछ।
क्वार्टरफाइनलमा फ्रान्सले मोरोक्कोसँग खेल्नेछ भने स्पेनले बेल्जियमको सामना गर्नेछ। यस्तै, नर्वे र इङ्गल्याण्डबीच प्रतिस्पर्धा हुनेछ भने अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्याण्डले अर्जेन्टिनासँग खेल्नेछ।
यी सबै खेल नेपाली समयअनुसार जुलाई ९ देखि ११ सम्म सञ्चालन हुनेछन्। पहिलो खेल बिहीबार राति १:४५ बजे फ्रान्स र मोरोक्कोबीच हुनेछ। दोस्रो खेल शुक्रबार राति १२:४५ बजे स्पेन र बेल्जियमबीच हुनेछ। तेस्रो खेल शनिबार राति २:४५ बजे नर्वे र इङ्गल्याण्डबीच हुनेछ। चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल आइतबार बिहान ६:४५ बजे स्विट्जरल्याण्ड र अर्जेन्टिनाबीच हुनेछ।
अब सबै टोलीको लक्ष्य क्वार्टरफाइनल जितेर सेमिफाइनलमा पुग्ने र विश्वकप उपाधितर्फ थप एक कदम अघि बढ्ने हुनेछ। त्यसैले आगामी खेलहरू निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे