
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले ईद अल अधाको अवसरमा १११ जना नेपाली कैदीलाई शाही माफी दिएको छ। यस निर्णयपछि उनीहरूलाई युएईको कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरेर नेपाल फर्किने बाटो खुलेको छ। तर, उनीहरूमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध भने हुनु हुँदैन। नेपाल सरकारले यस मानवीय निर्णयका लागि युएई सरकारप्रति आभार व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार अबुधाबीस्थित नेपाली दूतावासले गरेको अनुरोधपछि युएई सरकारले नेपाली नागरिकलाई माफी दिने निर्णय गरेको हो। मन्त्रालयले यो कदमले नेपाल र युएईबीचको मित्रता तथा आपसी सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे