
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले मङ्गलबार शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालमा सुशासन सुधार, आर्थिक विकास र पूर्वाधार निर्माणका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। नेपाल भ्रमणमा रहनुभएका कान्डाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेट गर्नुभएको थियो।
त्यही दिन नेपाल सरकार र एडीबीबीच करिब २५ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो। यो ऋण विभिन्न विकास आयोजना र पूर्वाधार निर्माणमा खर्च गरिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे