
काठमाडौँ । सरकारले चिकित्सा शिक्षा आयोगको नयाँ उपाध्यक्षका रूपमा प्राडा देवेन्द्र खत्रीलाई नियुक्त गरेको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहको निर्णयअनुसार उहाँ नियुक्त हुनुभएको हो। आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले प्राडा खत्रीलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो। यसअघि आयोगमा उपाध्यक्ष पद खाली भएकाले पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीले कार्यवाहक उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो।
सरकारले सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्न विशेष व्यवस्था गर्ने अध्यादेश ल्याएपछि तत्कालीन उपाध्यक्ष डा. अञ्जनीकुमार झासहित केही पदाधिकारी पदमुक्त भएका थिए। त्यसयता रिक्त रहेको उपाध्यक्ष पदमा अब प्राडा खत्री नियुक्त भएपछि आयोगको नेतृत्वले पूर्णता पाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे