
काठमाडौँ । आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दैछन्। प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले आफ्नो प्रदेशको आम्दानी र खर्चको योजना प्रस्तुत गर्नेछन्। कानुनी व्यवस्था अनुसार प्रत्येक प्रदेशले असार १ गतेभित्र वार्षिक बजेट ल्याउनुपर्ने भएकाले आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन्।
यसअघि प्रदेश सरकारहरूको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेको छ। तय गरिएको समयअनुसार सबैभन्दा पहिले मधेश प्रदेशले दिउँसो १ बजे बजेट ल्याउनेछ। कर्णाली प्रदेशले ३ बजे, कोशी, बागमती र गण्डकी प्रदेशले ४ बजे बजेट प्रस्तुत गर्नेछन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशले भने साँझ ५ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेका छन्। बजेटमार्फत आगामी वर्षका विकास योजना र खर्चका प्राथमिकता सार्वजनिक गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे