
काठमाडौं : आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयक (बजेट) माथि छलफल सुरु हुनेछ। विभिन्न मन्त्रालयका लागि छुट्याइएको बजेट र कार्यक्रमबारे सांसदहरूले आफ्नो धारणा राख्नेछन्।
आजको बैठकमा युवा तथा रोजगार, उद्योग–वाणिज्य, कृषि, वन तथा वातावरण, सञ्चार, पर्यटन, शिक्षा, भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन, महिला, बालबालिका तथा सामाजिक सुरक्षा लगायत मन्त्रालयका बजेट शीर्षकमाथि समूहगत छलफल हुने कार्यसूची रहेको छ। यस छलफलबाट मन्त्रालयका योजना र खर्चका प्राथमिकताबारे विस्तृत समीक्षा गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे