
काठमाडौं । पालिकाले विभिन्न स्थानमा फल्चा निर्माणका लागि तयार गरेको लागत अनुमानमा उल्लेखनीय भिन्नता देखिएको छ। १० वटा फल्चा निर्माणका लागि प्रति फल्चा ३२ लाख ७६ हजार १६२ रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माण व्यवसायीसँग भएको सम्झौताअनुसार प्रति फल्चा २६ लाख ९४ हजार ४२४ रुपैयाँमा काम सम्पन्न गर्ने सहमति भएको छ।
त्यसैगरी १२ वटा फल्चा निर्माणका लागि प्रति फल्चा ४१ लाख २ हजार ३१९ रुपैयाँ लागत अनुमान तयार गरिएकोमा निर्माण व्यवसायीसँग भएको सम्झौताअनुसार प्रति फल्चा ३९ लाख ९५ हजार ८७० रुपैयाँ लागत लाग्ने देखिएको छ। एउटै प्रकृतिको निर्माण कार्यका दुई फरक समूहमा लागत अनुमानमा ठूलो अन्तर देखिएपछि यसको औचित्यमाथि प्रश्न उठेको छ।
यस विषयमा पालिकासँग स्पष्टीकरण मागिएकोमा निर्माण हुने स्थानको भौगोलिक अवस्था तथा स्थलगत भिन्नताका कारण लागत फरक परेको जवाफ दिएको छ। तर फल्चा निर्माण हुने स्थानमा भूमिगत सेवा मार्ग निर्माण भइसकेको वा निर्माण हुन बाँकी रहेको भन्ने स्पष्ट विवरण भने उपलब्ध गराइएको छैन।
प्रतिवेदनमा फल्चा निर्माणस्थलमा पछि भूमिगत सेवा मार्ग निर्माण गर्नुपर्ने अवस्था आएमा दोहोरो खर्च हुन सक्ने तथा सार्वजनिक स्रोतको प्रभावकारी उपयोगमा प्रश्न उठ्न सक्ने उल्लेख गरिएको छ। त्यसैले यस्ता संरचना निर्माणअघि सम्बन्धित पूर्वाधारको अवस्था, आवश्यकता र दीर्घकालीन उपयोगिताको अध्ययन गरेर मात्र योजना छनोट तथा कार्यान्वयन गर्नुपर्ने सुझाव दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे