
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीका लागि देशभर जिल्ला अधिवेशन सञ्चालन गरिरहेको छ। हालसम्म ७७ जिल्लामध्ये ५६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। केही जिल्लामा निर्वाचन प्रक्रिया जारी छ भने केही स्थानमा विभिन्न कारणले अधिवेशन हुन बाँकी रहेको पार्टीले जनाएको छ।
जेठ २३ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ। मधेश प्रदेशका केही जिल्लामा अझै मतदान चलिरहेको छ। लुम्बिनी प्रदेश सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने पहिलो प्रदेश बनेको छ। कर्णाली, सुदूरपश्चिम, बागमती, गण्डकी र कोशी प्रदेशका अधिकांश जिल्लामा पनि अधिवेशन सम्पन्न भएका छन्।
जिल्ला अधिवेशन सकिएसँगै सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुने तयारी गरिएको छ। रास्वपाले वडा, पालिका र जिल्ला तहबाट नेतृत्व चयन गरी संगठनलाई बलियो बनाउने लक्ष्य लिएको जनाएको छ। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन असार ६ र ७ गते चितवनमा आयोजना हुने तय भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे