
काठमाडौँ । सरकारले अध्ययन बिदा वा असाधारण बिदामा गएर समय सकिएपछि पनि कार्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीहरूको विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यस्ता कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र राष्ट्रिय किताबखाना (निजामती) मा आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ।
मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय र सरकारी कार्यालयलाई पनि बिदामा गएका कर्मचारीहरूको अवस्था यकिन गरी अभिलेख अद्यावधिक गर्न निर्देशन दिएको छ। बिदा सकिएपछि पनि कार्यालयमा हाजिर नभएका वा सम्पर्कमा नरहेका कर्मचारीमाथि कानुनअनुसार कारबाही हुन सक्ने संकेत गरिएको छ। सरकारले कर्मचारी प्रशासनलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन यो कदम चालेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे