
काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले करिब ७ घण्टा नियन्त्रणमा लिएर पछि रिहा गरेको घटना कर्मचारी वृत्तमा चर्चाको विषय बनेको छ। प्रहरीले उनलाई बिहीबार साँझ कपनस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। प्रधानमन्त्रीलाई निजी मोबाइलमार्फत सन्देश पठाएर सरकारी कार्यप्रणालीको ‘चेन अफ कमान्ड’ उल्लङ्घन गरेको आरोप उनीमाथि लगाइएको थियो।
स्रोतका अनुसार सचिव पुष्करले प्रधानमन्त्रीसँग भेट्ने प्रयास पटक–पटक असफल भएपछि व्यक्तिगत रूपमा सन्देश पठाएका थिए। हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत उनी आगामी असार २४ गते अवकाश हुँदैछन्। अवकाशपछि राजनीतिक नियुक्तिको प्रयासमा रहेको चर्चा पनि छ।
प्रहरीले सोधपुछपछि उनीविरुद्ध मुद्दा चलाउन पर्याप्त आधार नदेखिएकाले सोही राति पत्नीको जिम्मा लगाएर रिहा गरेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे