
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वदेश फर्किनुअघि अयोध्या पुगेर राम मन्दिरको दर्शन तथा पूजा गरेका छन्। उनी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिनकुमार आचार्य र प्रतिनिधि सभा सदस्य दीपक बोहोरासहित अयोध्या पुगेका थिए। भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भेट गरेका थिए। भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत गएका लामिछाने नेतृत्वको टोली आज नेपाल फर्किने कार्यक्रम रहेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे