
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदै छन्। भारतका विदेशमन्त्री क्। व्बष्कजबलपबच को निमन्त्रणामा उनी नयाँ दिल्ली प्रस्थान गर्ने भएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारतमा रहनेछन्।
भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा नेपाल–भारत व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल हुनेछ। साथै, दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने र सहकार्य विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान गरिने बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएकै दिन मन्त्री खनालको भारत भ्रमण हुन लागेकाले यसलाई राजनीतिक र कूटनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे