
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण र लुटपाटको आरोपमा पक्राउ परेका छन् । उनलाई सोमबार राजविराजबाट प्रहरीले पक्राउ गरेको हो ।
सप्तरीको महादेवा गाउँपालिका–१ का २७ वर्षीय मियाँमाथि २०८२ फागुन १४ गते राजु कुमार चौधरीलाई अपहरण गरेको आरोप छ । प्रहरीका अनुसार बिहान राजविराज–३ हनुमान चोकबाट मोटरसाइकलमा आएका उनीसहितको समूहले चौधरीलाई बन्दुक देखाएर नियन्त्रणमा लिएको थियो ।
पछि उनलाई राजविराज–८ स्थित सुनसान स्थानमा लगेर बन्धक बनाई कुटपिट गरेको पीडितको आरोप छ । घटनामा मियाँसहितका व्यक्तिहरू संलग्न रहेको भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे