
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसद सचिवालयका अनुसार बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ । राष्ट्रपति राम रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आजको बैठकमा विभिन्न दलका सांसदहरूले त्यस विषयमा आफ्नो धारणा राख्नेछन् ।
यस्तै, कानुनमन्त्री सोबिता गौतमले नेपाल र भारतबीच फौजदारी मुद्दामा कानुनी सहयोगसम्बन्धी सम्झौता संसदमा पेश गर्ने कार्यसूची रहेको छ । त्यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ संसदमा पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे