
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चितवनको सुनहीस्थित श्री जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको सर्दी शाखामार्फत गरिएको कार्यक्रममा नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सिन्जलीलाई सामग्री हस्तान्तरण गरेका थिए ।
नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १३८ विद्यार्थीलाई वर्णमाला, अंक, एबीसीडी, हप्ताका दिन र महिनासम्बन्धी चार्ट, कापी, पेन्सिल, रंगीन पेन्सिल तथा खेलमुखी सिकाइ सामग्री प्रदान गरिएको छ । विद्यालय पक्षले यस्ता सहयोगले विद्यार्थीको पढाइ सहज हुने र उनीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गरेको छ । बैंकका प्रतिनिधिले पनि यस्ता कार्यक्रमले बालबालिकाको सिकाइमा सहयोग पुग्ने बताएका छन् ।
कार्यक्रममा बैंकका कर्मचारी, शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बैंकले भविष्यमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रम निरन्तर गर्ने जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे