
काठमाडौँ । काठमाडौँ उपत्यकामा केही दिनयता वायु प्रदूषण निकै बढेको छ। मौसम धुम्मिँदा र पानी नपरेपछि वायुमा धुलो, धुवाँ र हानिकारक कण बढेका कारण प्रदूषण बढेको हो।
वातावरण विभागले अनावश्यक बाहिर ननिस्कन र घरबाहिर निस्कँदा माक्सको प्रयोग गर्न आग्रह गरेको छ। विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयसम्म पानी नपर्नु र धुम्म मौसमले प्रदूषण उच्च बनाएको छ।
बुधबार बिहान ७ बजे काठमाडौँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १७७ पुगेको छ। मंगलबार यो २०० भन्दा माथि थियो। एक्यूआई ०–५० राम्रो, ५१–१०० सचेत रहनुपर्ने, १०१–१५० अस्वस्थ (विशेषगरी मुटु र श्वासप्रश्वास रोगीका लागि), १५१–२०० सबैका लागि अस्वस्थ, २०१–३०० धेरै अस्वस्थ, र ३०० भन्दा माथि अत्यन्त खतरनाक मानिन्छ।
धेरै हावा चल्ने वा पानी परेपछि प्रदूषण घट्छ। तर हाल मौसम धुम्मिँदै छ र तत्काल खुल्ने सम्भावना छैन, त्यसैले बाहिर जाँदा सावधानी अपनाउन जरुरी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे