
काठमाडौँ । रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा भएको चुनावमा आफ्नो खर्च विवरण सार्वजनिक गरेका छन्। निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार उनले चुनावी अवधिभर जम्मा ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले सबैभन्दा धेरै खर्च गोष्ठी तथा भेला र खाद्यान्न खरिदमा गरेका छन्। गोष्ठी र भेलाका लागि १ लाख ८० हजार र खाद्यान्नका लागि १ लाख ९६ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
यसैगरी यातायात र इन्धनमा २ लाख ९५ हजार, प्रचार सामग्री जस्तै झण्डा र ब्याजमा १ लाख १२ हजार रुपैयाँ खर्च गरिएको छ। मतदाता प्रशिक्षणका लागि १४ हजार २०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
त्यसैगरी उम्मेदवारी दर्ता शुल्क १० हजार र तीन पटकको हवाई यात्राका लागि १३ हजार ६२६ रुपैयाँ खर्च भएको जनाइएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे