
काठमाडौँ । अहिले नेपालमा मौसममा केही परिवर्तन देखिएको छ। मौसमविद्हरूका अनुसार पश्चिमी वायु, माथिल्लो वायुमण्डलको उच्च चापीय प्रणाली र पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न ठाउँमा बादल लागेको छ।
हाल पहाडी र हिमाली क्षेत्रका धेरै ठाउँमा बादल लागेको छ भने तराई र काठमाडौँ उपत्यकासहित केही स्थानमा तुवाँलो लागेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित पहाडी क्षेत्रका धेरै ठाउँमा बादल लाग्ने मौसम पूर्वानुमान छ। केही स्थानमा तुवाँलो पनि रहनेछ। यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा र कर्णाली तथा सुदूरपश्चिमका केही ठाउँमा चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्छ।
आज राति पनि धेरैजसो पहाडी क्षेत्रमा बादल रहनेछ भने अन्य ठाउँमा आंशिक बदली रहने अनुमान गरिएको छ। केही स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे