
काठमाडौँ — प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकको कार्यसूचीमा सङ्घीय निजामती सेवा विधेयक, २०८२ पारित गर्ने प्रमुख एजेन्डा रहेको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्ू भन्ने प्रस्ताव संसद्मा पेश गर्नेछन्। उक्त प्रस्तावमाथि छलफल गरी विधेयक पारित गर्ने कार्यसूची तय गरिएको हो।
यो विधेयक लामो समयदेखि अड्किएको अवस्थामा रहेकोमा आज अन्ततः प्रतिनिधिसभाबाट पारित हुने सम्भावना देखिएको छ।dr
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ संसद्मा पेश गर्ने कार्यसूची पनि तय गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे