
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी आइतबार बिहान अदालतमा पेश भएका हुन् ।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार राणाले आजै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान दिने छन् ।
गत बिहीबार काठमाडौँ जिल्ला अदालतले दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो भने केहीलाई धरौटीमा छाडिएको थियो । तीमध्ये तीनकुने घटनासम्बन्धी मुद्दामा हाजिर जमानीमा छुटेका तर मुद्दा दायर हुँदा अदालतमा अनुपस्थित रहेका व्यक्तिहरू पनि थिए ।
राणाविरुद्ध राज्यविरुद्धको कसुरसहित चारवटा मुद्दामा अभियोजन गरिएको छ । अभियोजनपत्रमा राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत अपराधसम्बन्धी अभियोगमा सजायको माग गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे