
काठमाडौं, असार १ – प्रतिनिधि सभाको आजको बैठक केही अवरोधका बीच सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विरोध जनाए पनि सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएका हुन् ।
बैठक सुरु गर्ने क्रममा सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई आकस्मिक समयमा बोल्ने समय दिनुभयो । त्यसपछि रास्वपाका सांसदहरू वेल घेराउ गर्दै नाराबाजीमा उत्रिए । राप्रपाले पनि साथ दिँदै विरोध जनाए ।
विरोधका बाबजुद संसदको नियमित कारबाही अगाडि बढाइएको छ । सभामुखले सांसदहरूलाई शान्तिपूर्ण रूपमा आ–आफ्नो विचार राख्न आग्रह गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे