
काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध लक्षित गर्दै एक व्यङ्ग्यात्मक कविता सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उक्त कवितामा शाहीले प्रधानमन्त्री दाहालमाथि विश्वसनीयता, राजनीतिक अस्थिरता र कुर्सी मोहको आरोप लगाएका छन्। उनले प्रचण्डलाई छेपारोको संज्ञा दिँदै भनेका छन्, “फेर्छ छेपारोले रङ, परिस्थिति अनुसार। प्रचण्डले फेर्छन् बोली, कुर्सीको मोह अनुसार।”
शाहीले शुक्रबार संसद अवरोध अन्त्यका लागि सत्तारूढ गठबन्धन र माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिप्रति संकेत गर्दै कविता सार्वजनिक गरेका हुन्। शाहीले उक्त कवितामा रास्वपा र रवि लामिछानेलाई पनि समेट्दै दाहालसँगको संगतले उनीहरू ‘राजनीतिक रूपमा चिप्लिएको’ आरोप लगाएका छन्। यो व्यङ्ग्यात्मक अभिव्यक्ति सत्ताको समीकरण, राजनीतिक विश्वासघात र नेताहरूको चरित्रमाथिको प्रश्नको रूपमा विश्लेषण गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे