
काठमाडौँ — मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ। मृतकहरू बारा जिल्ला सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी हुन्।
उनीहरूलाई हिजो साँझ पाँचथर जिल्ला अस्पतालबाट थप उपचारका लागि बिराटनगरस्थित टिचिङ अस्पतालमा रेफर गरिएको थियो। तर उपचारकै क्रममा उनीहरूको ज्यान गएको हो। शवहरू हाल टिचिङ अस्पताल, बिराटनगरमै राखिएको छ।
२०८१ साल असोज १२ गते आएको बाढीले हेवा खोलाको पुरानो बेलिब्रिज बगाएपछि पुनः जडानको काम भइरहेको थियो। तर काम पूरा नहुँदै बेलिब्रिज खस्दा दुर्घटना भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे