
रौतहट, वैशाख २१ – पूर्व–पश्चिम लोकमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्कामा आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा–छोरीको मृत्यु भएको छ।
हेटौँडाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
मोटरसाइकल चालक रौतहट, गरुडा–३ का ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको उपचारको क्रममा मृत्यु भएको हो। बलिरामको चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा सेन्टरमा र उर्मिलाको एलएस न्यूरो अस्पताल, परवानीपुरमा मृत्यु भएको हो।
दुर्घटनापछि कार चालक मकवानपुर, हेटौँडा–१२ का कुमार पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै सवारी साधनसमेत नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राइले जानकारी दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे