
काठमाडौं, वैशाख २१ – नागढुङ्गा–नौबिसे सडक खण्डमा निर्माण तथा सुधारको काम गर्नुपर्ने भएकाले वैशाख २२ देखि ३१ गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म सवारीसाधन चल्न नपाउने भएको छ। नागढुङ्गा–मुग्लिङ सडक योजनाले जारी गरेको सूचनाअनुसार सो समयमा सवारी आंशिक रूपमा रोकिनेछ।
काठमाडौंबाट जाने गाडी नागढुङ्गा चेकपोस्टमा र फर्कने गाडी खत्रपौवा पुलमा रोकिनेछन्। वैकल्पिक रूपमा सीतापाइला–भीमढुङ्गा–रामकोट–धार्के वा सामाखुसी–टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ।
रोकिएका सवारी बिहान ३ बजेपछि मात्र चल्न पाउनेछन्। लेन अनुशासन पालना गर्न, जथाभावी ओभरटेक नगर्न र ट्राफिक नियमको कडाइका साथ पालन गर्न भनिएको छ। एम्बुलेन्स र सुरक्षासम्बन्धी गाडी भने रोकावटबिनै चल्न पाउनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे